नेभिगेशन
Dashain Banner
Dashain Banner
खेल

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बने ।

एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिबाट खेलेका थिए ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।

पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् । पहिलोपटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए ।

यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।