नेभिगेशन
Dashain Banner
Dashain Banner
खेल

थलारा दशैं मेला : गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता जारी

दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फका ३ वटा खेलहरु र महिला तर्फ ३ खेल खेलाइएका छन्।

बुधबारको पहिलो खेल वडा नम्बर -७ र ३ बीच भएकोमा वडा नम्बर ३ टिम बिजयी भएको छ । त्यसपछि को दोस्रो खेल ग्रिनसिटि सेरालागाउँ  र थलारा -२ बिच भएको थियो जसमा ग्रिनसिटी सेरालागाउँ टिमले जित हासिल गरेको छ ।

तेस्रो खेल थलारा गा.पा. -५ र मष्टा स्पोर्ट्स टिम धामीगाउँबीच भएकोमा थलारा -५ टिमले जित हात पारेको छ । त्यसपछि महिला तर्फका खेलहरु भएका थिए । 

महिला तर्फको पहिलो खेल  थलारा ३ र थलारा ४ टिम बीच भएको खेलमा थलारा- ४ बिजयी भएको छ। महिला तर्फको दोस्रो खेल थलारा ६ र थलारा माबि बिच भएकोमा वडा नम्बर- ५ बिजयी भयो ।अन्तिम खेल थलारा- १ र थलारा- ५ बीच भएकोमा वडा नम्बर १ बिजयी भएको छ । बाँकी खेल आज बिहीबार खेलाइने मेला व्यवस्थापन कोषाध्यक्ष प्रबिन कडालले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।