नेभिगेशन
खेल

क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।

१७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए ।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेलेका थिए। दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७-२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २-२ रनमा आउट भए ।

कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १-१ विकेट लिए ।

नेपाल त्रिकोणात्मक टी-२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो ।
त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।
२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल  र बहराइनबीच खेल हुँदै

२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल र बहराइनबीच खेल हुँदै

एएफसी २० वर्ष मुनिको  एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन उत्साहजनक

खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन उत्साहजनक

अभ्यासका लागि खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन भने उत्साहजनक छ ।
भर्खरै