नेभिगेशन
समाचार

बझाङमा जबरजस्तीकरणीका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु बढे

बझाङमा जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु वर्षेनी बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ अनुसार बझाङमा वर्षेनी कम्तिमा १० देखि १५ मुद्दा जबरजस्तीकरणी र जबरजस्तीकरणीका मुद्दा पुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा १५ वटा जबरजस्तीकरणीका मुद्दा दर्ता भएका छन् भने १२ वटा जबरजस्तीकरणी उद्योगका मुद्दा दर्ता भएका छन् । यस्तै सोही अनुपातमा आर्थिक वर्ष २०७९/०८० मा १० वटा जबरजस्तीकरणीका र २ वटा जबरजस्तीकरणी उद्योगका, आर्थिक वर्ष २०८० /०८१  मा ११ वटा जबरजस्तीकरणी र ४ जबरजस्तीकरणी उद्योगका र २०८१/८१ को साउनदेखि आजका मितिसम्म अर्थात तीन महिनाको अवधिमा मात्रै २ दुईवटा जबरजस्तीकरणीका मुद्दा दर्ता भइ अदालतसम्म पुगेका छन् ।

बझाङमा वर्षेनी यसरी मुद्दा बढ्दै जानुलाई प्रहरीले सञ्चार सम्पर्क बढेको तर चेतनास्तर अझै सुधार हुन नसकेको भनेर बुझेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक किशोर जोशीले यो तथ्याङ्क अदालतसम्म पुगेका मुद्दाको भएको र महिला हिंसासम्बन्धी यस्तै मुद्दाहरु लिएर हजारौं ठाडो निवेदन आउने गरेको बताउनुभयो । प्रहरीकहाँ पुगेपछि कतिपय आफै मिलेर जाने गरेका र कतिपयलाई आफूहरुले मुद्दाको प्रकृति हेरेर फर्काउने गरेको समेत उहाँले बताउनसुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै