नेभिगेशन
समाचार

बुंगलका मेयर धामीको घुस सम्बन्धी फोन संवादको छानबिन गर्न माग राखि चार दलको नाराबाजी

बुंगल नगरपालिकामा भइरहेका भ्रष्टाचार विरुद्ध संघर्षका कार्यक्रम गर्ने भन्दै चार दलद्धारा संयुक्त संघर्ष समिति गठन गरिएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी एमाले, कम्युनिष्ट पार्टी विप्लव, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बसेर छलफल गर्दै संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम अगाडी बढाउने निर्णय गरिएको हो । नेकपा एमाले नगर कमिटी अध्यक्ष मोहन कुंवरको अध्यक्षतामा भएको छलफलमा चार वटा पार्टीले एक्यवद्धता जनाउदै संयुक्त विज्ञप्ती पनि जारी गरेका छन् ।

साथै चारवटै पार्टीबाट प्रतिनिधित्व हुने गरी अर्जुन धामीको संयोजत्वमा ९ सदस्यीय संघर्ष समिती पनि गठन गरिएको छ । यसअघि कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगरप्रमुख जयबहादुर धामीले उम्मेदवारबाट पैसा लिएको फोन संम्वाद बाहिरिएपछि उक्त कुराको छानबिन गर्नुपर्ने माग राख्दै संघर्ष समितीले आज नगरपालिकाको बिजगडा बजारमा विरोध प्रदर्शन गरेको छ । 

विरोध प्रदर्शनका क्रममा संघर्ष समितिले नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, शिक्षा शाखा र सुचना प्रबिधि शाखामा ताला लगाउन खोजेको भए पनि प्रहरीले हस्तक्षप गर्दै ताला लगाउन रोकिदिएको छ । संघर्ष समितिले विरोध यत्तिकैमा नरोकिने भन्दै छानबिन नहुन्जेलसम्मका लागि विभिन्न कार्यक्रमहरु जारी राख्ने जनाएको छ । बिहीबार बुंगल नगरपालिकाको केन्द्र बिजगडामा नेकपा एमाले, नेकपा विप्लव, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चार दलले संयुक्त रुपमा नाराबाजी गर्दै उक्त विषय छानबिन हुनुपर्ने बताएका हुन् ।  

मेयर धामीले रोजगार सहायक पदका लागि खुलेको विज्ञापनमा जागिर लगाइ दिन्छु भनि अग्रिम नेपाली रु दुई लाख कर्मचारी समेत संलग्न रही एड्भान्स लिएको र उक्त रकमले मात्र नपुग्ने हुँदा नगरपालिकामा कार्यरत कर्मचारी सूचना प्रविधि अधिकृत रमेश कार्कीले थप चार लाख रुपैयाँ दिए अग्रिम प्रश्नपत्र उपलब्ध गराउने नत्र दुईलाख मेयरले मात्रै लिएको भएकाले सबैलाई पुर्‍याउन नसकिने भनेर मेयर र उमेद्धारबीच भएको अडियो फोन संम्वादले पुष्टी गरेको चार दलद्धारा जारि संयुक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीपछि चार दलले संयुक्त संघर्षका कार्यक्रम तय गर्नुका साथै उच्चस्तरिय छानविन समिति गठनको समेत माग राखेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै