नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ। सोमवार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई योजना खरिदबिक्रीको बजेट नल्याउन चेतावनी दिएका हुन्। योजना किन्ने र बिक्री गर्नेको बजारमा बिगबिगी देखिएकाले बजेट बनाउदा जनअपेक्षाको ख्याल गरिनुपर्ने उनले बताएका छन्।

मुख्यमन्त्री सोडारीले बिचौलिया पोस्ने खालको बजेट ल्याए समर्थन गर्न नसकिने एमालेले स्पष्ट पारेको छ। सरकारमा बसेर जनपक्षीय काम गर्ने अवस्था नबने नेकपा एमालेले प्रदेश सरकार छोड्ने चेतावनी दिएको छ। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई समर्थन गरेर पनि एमाले अहिलेसम्म सरकारमा सहभागी भने भएको छैन।

मुख्यमन्त्री सोडारीलाई नेकपा एमालेले योजना खरिद–बिक्री नगर्न चेतावनी दिएको छ। जनपक्षीय बजेट निर्माण गर्न एमालेले प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेकपा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री रावलले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै