नेभिगेशन
खेल

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए। त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए।

जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ। अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो ।
क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित

क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।
त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।
२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल  र बहराइनबीच खेल हुँदै

२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल र बहराइनबीच खेल हुँदै

एएफसी २० वर्ष मुनिको  एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
भर्खरै