नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान

 बझाङको प्रदेश सभा १ (क) मा सम्पन्न उपचुनावमा ५० प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ५० प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकारी सुदर्शन लामिछानेले बताउनुभयो । बझाङ प्रदेश सभा १ (क) मा मतदाताको सङ्ख्या ६१ हजार सात सय ४८ रहेको छ । आज भएकाे मतदानमा बझाङमा ३० हजार तीन सय २८ मत खसेकाे लामिछानेले जानकारी  दिनुभयाे ।

बझाङमा मतदान केन्द्रहरू दुर्गम स्थानमा पनि रहेकाले मतपेटिका ढुवानीमा समय लाग्ने भएकोले भोलि बिहानसम्म मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठकबाट निर्णय गरेर गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो । यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा ज्यान गएपछि त्यहाँ उपचुनाव भएका हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै