नेभिगेशन
सुदूरपश्चिम

प्रदेश सभा उपनिर्वाचन: काँग्रेसबाट अभिषेक सिंहले पाए टिकट 

बझाङ । बझाङमा नेपाली काँग्रेसले पनि आगामि बैशाखमा हुने उप निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसबाट अभिषेक सिँह उम्मेदवार बन्ने भएका छन्। आगामि वैशाख १५ गते हुने उप निर्वाचनका लागि माओवादीले बझाङबाट जनक बुढा, एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने यस अघिनै निर्णय गरेको छ। नेपाली काँग्रेसले भने आज (बिहीवार) मात्रै सिँहलाई उम्मेदवार बनाउँने निर्णय गरेको हो ।
उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो। देउवाले सिंह र नेता शेखरकोइरालाले जोशीको नाममा अडान लिएका थिए। लामो छलफलपछि दुबै पक्ष सिँहलाई उम्मेदवार बनाउँन सहमत भएको जनाइएको छ । 
तर प्रदेश सभा उपनिर्वाचनमा उम्मेदवारका आकांक्षी रहेका जगत प्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिने उनी निकट स्रोतले बताएको छ । जोशीले आफुले लामो समयदेखी नेपाली काँग्रेको राजनीति गरेको र कुनै लाभको पद नलिएको भन्दै आफुले टिकट पाउने पर्ने धारणा राखेका थिए । तर पार्टीले सिंहलाई उम्मेदवार बनाएपछि उनी रुष्ट भएको र आगामी उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको जोशी निकट स्रोतले बताएको छ । तथापी यस विषयमा नेता जोशीले भने हालसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै