नेभिगेशन
सुदूरपश्चिम

प्रदेश सभा उपनिर्वाचनः राप्रपाबाट किशोर खड्का उम्मेदवार बने 

रिदम सिंह, बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आज (बिहीबार) राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी बैशाख १५ मा हुने उपनिर्वाचनका लागी युवा व्यावसायी किशोर खड्कालाई उम्मेदवारको रुपमा अघाडी सारेको हो । जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी खड्का राप्रपाको उम्मेदवार भएको राप्रपा बझाङका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 
उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उम्मेदवार खड्काले अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको पर्यटन क्षेत्रको प्रवद्र्धन नै आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ । बझाङ पर्यटकिय क्षेत्रका हिसावले निकै अघाडी रहेको र सम्भावना बोकेका क्षेत्र थुप्रै भएकाले ती क्षेत्रहरुको प्रसार प्रचार तथा विकासका लागी आफुले काम गर्ने उहाँले बताउनुभयो । 
बझाङको वेरोजगारी, अशिक्षा, गरिवी र स्वास्थ्य समस्या समाधानका लागि आफुसँग भिजन भएका कारण बझाङ्गी जनताले आफुलाई सहयोग गर्ने समेत खड्काले अपेक्षा प्रकट गर्नुभएको छ । खड्का लामो समयदेखी बझाङको पर्यटन पर्वद्धनका लागि लाग्नुभएको थियो भने, बझाङ जिल्लामा लामो समय पत्रकारिता क्षेत्रमा पनि काम गर्नुभएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै