नेभिगेशन
राजनिति

इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंह उपयुक्त : कांग्रेस नेता कार्की

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारको पदाधिकारी बैठकमा इलाम–२ र बझाङ प्रदेशभा १ को उपनिर्वाचनको उम्मेदवारबारे नेताहरुको धारणा मागे । तर धेरै नेताहरुले उम्मेदवारबारे मुख खोलेनन् ।

हालै इलामको वस्तुस्थिति बुझेर फर्केका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारका आकांक्षीमध्ये जसले टिकट पाए पनि एकले अर्कालाई सहयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।


‘उहाँको यही उम्मेदवार हुनुपर्छ भन्ने थिएन । आकांक्षी उम्मेदवारलाई मिलाउनुपर्छ भन्ने थियो’, बैठकमा सहभागी एक नेताले  भने, ‘जसले पाए पनि एकले अर्कोलाई सहयोग गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।’

बैठकमा सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले बझाङको अवस्थाबारे जानकारी गराएका थिए । उनले पनि उम्मेदवारबारे मुख खोलेनन् । महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले बैठकमा बोल्दै बोलेनन् ।


प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार चयन गरेर प्रचार प्रसार गर्न थालिसकेका छन् ।

उपनिर्वाचनको उम्मेदवार चयनका लागि मंगलबार दिउँसो २ बजे कांग्रेसले संसदीय बोर्डको बैठक बोलाएको छ । त्यसअघि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको धारणा बुझ्न बैठक बोलाएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंह उपयुक्त हुने धारणा राखे ।

‘यो–यो कारणले डम्बर ठीक र यो–यो कारणले अभिषेक ठीक भनेर विचार राख्नुभयो । उहाँको बोली सभापतिको इच्छा अनुसारको देखियो’, बैठकमा सहभागी एक नेताले भने ।

इलाम उपनिर्वाचनमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस भएको छ ।

त्यस्तै बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएको छ ।

कार्कीले नाम लिएका नेता खड्का ४ मंसिर २०७९ को आम निर्वाचनमा इलाम–२ बाट उम्मेदवार थिए । त्यस्तै अभिषेक सिंह ४ मंसिर २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी भएका र पछि दुघर्टनामा निधन भएका नेता पृथ्वी सिंहका छोरा हुन् ।

बैठकमा नेता अर्जुननरसिंह केसीले तल्लो संरचनाको चाहना सुन्नुपर्ने बताएका थिए । ‘अहिले चुनौतीपूर्ण अवस्था छ । लोकप्रियलाई उम्मेदवार बनाऔं’, बैठकमा केसीले भने । उनले आकांक्षीहरुसँगै छलफल गरेर सहमति खोज्नुपर्ने धारणा पनि राखेका बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेसका उम्मेदवार चयन गर्ने संसदीय बोर्डले पूर्णता भने पाइसकेको छैन । गत चुनावमा १४ पदाधिकारी र नेता रामचन्द्र पौडेल सम्मिलित संसदीय बोर्डले टिकट वितरण गरेको थियो । मंगलबार संसदीय बोर्डले उम्मेदवार चयनको निर्णय गरेपछि त्यसलाई अनुमोदन गराउन मंगलबार नै ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै