नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिकामा १५ दिने जुत्ता बनाउने तालिम सुरु

बझाङ  मष्टा गाउँपालिकामा १५ दिने जुत्ता बनाउने स्तरोन्नति सीप विकास तालिम सुरु भएको छ । स्वदेशी उत्पादन अभियान, उद्धमीलाई सम्मान भन्ने मुल नाराका साथ १५ दिने जुत्ता बनाउने तालिम सुरु भएको हो । घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजना तथा मष्टा गाउँपालिकाको सहयोगमा आजबाट मष्टा गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बिच तालिमको उद्धघाटन गरिएको हो ।

मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको उद्धघाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी दशरथ जप्रेल प्रमुख अतिथी रहनुभएको थियो । तालिममा गाउँपालिका भित्रका गतबर्ष तालिम लिएर अहिले सम्म उद्धम व्यवसाय गरिरहेका १० जना उद्धमी सहभागी रहेका छन् ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मस्टा गाउपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले थोरै लगानी बाट पनि धेरै आम्दानी गर्न सकिने बताउनुभएको छ । मानविय विकास बिना मुलुक समृद्द हुन नसक्ने बताउँदै अध्यक्ष बोहराले नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि र जिविकोपार्जनमा सहयोग पुर्‍याउने  हेतुले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिममा सहभागिहरुलाइ सिप सिकाउनुका साथै स्थानीयले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्न पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सिकेको सिपलाई तालिममा मात्र सिमित नबनाएर व्यावहारमा उतार्न समेत अध्यक्ष बोहराले तालिममा सहभागिहरुलाई आग्रह गर्नुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका घरेलु कार्यलयका सुचना अधिकारी जप्रेलले तालिममा सहभागी व्यवसायी उद्धमीहरुले राम्रोसँग सीप सिकेर सदुपयोग गर्दै सफल उद्धमी बन्न सकेमा आगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्न कार्यलय तत्पर रहेको बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै