नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङ : खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ आज तेस्रोे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको हो ।

दुर्गामहालिङ माध्यमिक विद्यालय खप्तडछान्ना ४ चौकाका विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा पुर्व गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया रहनुभएको थियो । कार्यक्रममा अतिथी गाउपालिका उपाध्यक्ष विष्णु थापा, ७ ओटै वडाका वडा अध्यक्षहरु, राजनितीक दलका प्रतिनिधि,समाजसेबी बुद्धिजिबी लगाएतको उपस्थिती रहेको थियो । प्रतियोगीतामा खप्तडछान्ना गाउँपालिका भित्रका ८ वटा माध्यामिक विद्यालय सहभागीता रहेको छ ।

आज पहिलो दिन छात्रछात्राको सर्टपुट, त्रिपल जम्प र लम्जम्प खेलहरु भएका छन् । जस अन्र्तगत सर्टपुट तर्फ छात्रमा लामातोला मावि प्रथम, खप्तड मावि कालुखेती दितृय र महेश्वरी मावि गडराय तृतिय भएको छ छात्रा तर्फ महेश्वरी मावि गडराय प्रथम, लामातोला मावि दितृय र कोटिखेत मावि बयाना तृतिय भएको छ । लम्जम्प तर्फ छात्रमा दुर्गामहालिङ मावि चौका प्रथम, महेश्वरी मावि गडराय दितृय र खप्तड मावि कालुखेती तृतिय भएको छ । छात्रा तर्फ भने महेश्वरी मावि गडराय प्रथम, दुर्गामहालिङ मावि चौका दितृय र खप्तड मावि कालुखेती तृतिय भएको छ ।

त्रिपल जम्प छात्र तर्फ भएको खेलमा लामातोला मावि प्रथम, कोटिखेत मावि बयाना दितृय र महेश्वरी मावि गडरायले तृतिय स्थान हाँसिल गरेको वडा नम्बर ४ का वडाध्यक्ष ईश्वर बहादुर रोकायाले जानकारी दिनुभयो । बाकी भलिबल, रिले दौड लगाएतका खेलहरु भोलीदेखि सञ्चालन हुने बताइएको छ । प्रतियोगीता दुर्गामहालिङ मावि चौकाको प्रागंणमा सञ्चालन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै