नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना गाँउपालीकाको विजाडी गाड पुलको निमार्ण कार्य अलपत्र

मजदुरको ज्याला र स्थानीयको उधारो नतिरी ठेकेदार सम्पर्कविहीन

बझाङ सेती लोकमार्ग अन्तर्गत खप्तडछान्ना गाँउपालीका –७ विजाडी गाडमा निर्माणाधीन पक्की पुल ५ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माणाधीन पुलको काम छोडेर ठेकेदार सम्पर्क विहीन भएपछि एक वर्षदेखि निमार्णको काम रोकिएको छ । निमार्णको अन्तिम चरणमा पुगिसकेको पुलको काम छोडेर ठेकेदार सम्पर्कविहीन भएपछि गडराय, धर्तीबाडा, गोर्खाली, लामागडा, बिणालगायत गाउँका श्रमिक र स्थानीय पसले, होटल सञ्चालकदेखि ढुवानी व्यवसायीहरुले आफुले पाउनु पर्ने रकम नपाएको बताएका छन ।

पुलको ढलानका बेला गिट्टी कुटेको ज्याला २५ हजार रुपैयाँ आफुले नपाएको खप्तडछान्ना गाउँपालिका–७ धर्तीबाडाकी चौरा चौहानले दुखेसो गर्नुभयो । चौहानले आफु मात्र नभई गाँउकै धेरै महिलाले गिट्टी कुटेको, बालुवा बोकेको र पुल निर्माणका क्रममा मजदुरी गरेको रकम पाउन बाँकी रहेको तर रकम नतिरेर ठेकेदार सम्पर्कविहीन भएपछि पैसा डुब्ने हो कि भन्ने चिन्तामा रहेको बताउनुभयो । 

२०७५ मा ठेक्का स्वीकृत भएर निर्माण सुरु भएको उक्त पुल निर्माणको जिम्मा अमर कन्स्ट्रक्सनले पाएको थियो । पाँच करोड करोड २६ लाख लागतमा निर्माण भइरहेको उक्त पुल निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने भनिए पनि हालसम्म अधुरै रहेको छ । २०७८ मा पुलको ढलान बाढीले बगाएका कारण काम ढिलो भएको र आफूले काम गर्न खटाएको प्रतिनिधिले स्थानीयबाट रकम लिएर भागेका अमर कन्स्ट्रक्सनका सञ्चालक भद्र शाहीले बताउनुभयो । आफुले पुल निमार्णको लागी १ करोड ९० लाख मात्रै भुक्तानी पाएको बताउँदै अहिले म्याद थपको प्रक्रिया अघि बढेको र केही दिनभित्रै काम सुरु हुने शाहीको भनाई छ ।  

उक्त पुलको काम हेर्ने जिम्मा यसअघि अछामस्थित सेती लोकमार्गको कार्यालयलाई रहेको र केही दिन अगाडि मात्रै उक्त पुल निर्माणको काम हेर्ने गरी सेती लोकमार्ग उत्तरखण्ड (चैनपुर–ताक्लाकोट) को कार्यालयमा फाइल आएको चैनपुर ताक्लाकोट सडक कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै