नेभिगेशन
सुदूरपश्चिम

नाननदेव मेला अन्तर्गत आज पुरुष भलिबलतर्फ तीनवटा खेल सञ्चालन

मष्टा गाउँपालिका वडा नम्बर १ र जयपृथ्वी नगरपालिका ३ को सिमाना डुङ्ग्रीमा लाग्ने नाननदेव मेला अन्तर्गत आज तीनवटा भलिबल र देउडा खेलहरु सञ्चालन भएका छन् । आज पहिलो दिन पुरुष भलिबलतर्फ तीनवटा खेल खेलाइएको छ भने बझाङकी चर्चित देउडा खेलाडी राजकला धामी र बैतडीका चर्चित खेलाडी केसब विष्टबीच घम्साघम्सी देउडा खेल भएको छ ।

आज भएका पुरुष भलिबल तर्फका खेलहरुमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, जयपृथ्वी नगरपालिका वडा नम्बर ११ मयाना र तल्कोट गाउँपालिका वडा नम्बर १ ले बिजयी सुरुवात गरेका छन् । आज भएका तीनवटा खेलमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ र मष्टा गाउँपालिका वडा नम्बर १ रोयल लेकी टिमबीचको पहिलो पुरुष भलिबल खेलमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, डिजे स्मृति डुम्राकोट मष्टा गाउँपालिका वडा नम्बर १ र  जयपृथ्वी नगरपालिका वडा नम्बर ११ मयानाबीचको दोस्रो खेलमा जयपृथ्वी नगरपालिका वडा नम्बर ११ मयाना र  शहिद बृशबहादुर सिंह प्राविधिक शिक्षालय र तल्कोट गाउँपालिका वडा नम्बर १ बीचको तेस्रो खेलमा तल्कोट गाउँपालिका वडा नम्बर १ बिजयी भएका हुन् ।

भोली पहिलो खेल पुरुष तर्फ टिवाइसी जयपृथ्वी नगरपालिका ३ र जयपृथ्वी नगरपालिका वडा नम्बर ५ बिच हुने भएको छ ।  यसैबीच देउडा खेल पनि भोली पनि चल्ने नाननदेव मेलाका कार्यक्रम संयोजक रविन्द्र रोकायाले बताउनुभयो 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै