नेभिगेशन
राजनिति

५ सय घर बनाउन समाजवादीले खटायो १०० युवा

नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ। 

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो। पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत ती युवाले श्रमदान गर्नेछन्।

पार्टीका शीर्ष नेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्पप्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

फरक प्रसङ्गमा नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्ने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै