नेभिगेशन
Tihar Banner
Tihar Banner
जयपृथ्वी विशेष

ठेकेदारले गिट्टीको पैसा नै दिएन : ६५ बर्षिया अवकतिको विलौना

छोरालाई पैसा पठाउन नसक्दा लकडाउनमा घर बोलाउन सकिनँ

उमेरले ६५ कटेकी । कपाल सेतै फुलेको । दुवै हात फुटेका, खुट्टा पनि उस्तै । घरखर्च चलाउनलाई श्रम गर्दै आएकी छिन जयपृथ्वी नगरपालिका वडा नं. १ नयाँबस्तीकी अवकति सिंह । घरखर्च चलाउनलाई गत वर्ष कुटेका गिट्टीको पैसा एक वर्ष वितिसक्दा पनि नपाएपछि अहिले निराश छिन् उनी । उनलाई बेला-बेला काम गरेको पैसा एक वर्षसम्म पनि नपाउँदा निर्दाहरुको श्रमले समेत मुल्य नपाउने रहेछ भन्ने भान परिरहन्छ । 

बुढेसकालमा गरेको कडा श्रमले छोरालाई काठमाडौं पढाएर बुढेसकालको सपना देखिरहेकी उनलाई काम गरेको पैसा नपाउँदा छोराको पढाई खर्च पुर्‍याउन सक्ने होइनकी भन्ने चिन्ता छ । “अघिल्लो साल मात्र एसइइ दिएर पास भएपछि छोरालाई राम्रो विषय पढाउन काठमाडौं पठाएँ । छोराको पढाई खर्चका लागी दिनरात नभनेर काम गरेको पैसा ठेकोदारले बिना कारण दिन मानेको छैन् । अव छोराले पैसा मागेको बेला क्या पठाउँला,” अवकतिले भनिन् । “भन्न त छोराले नसक्ने काम नगर्नु भनेर भन्छ, तरपनि आमाको मन न हो मान्दैन् रहेछ ।” गत वर्ष कार्तिक महिनादेखी चार महिना लगाएर गिट्टी फुटाएकी अवकतिले ठेकेदारबाट ४६ हजार ३ सय बढी पैसा भुक्तानी पाउन बाँकी छ । 

“घरमा एक आना पनि छैन् । छोरा काठमाडौं छ । घरमा म एक्लै छु ।” देशमा कोरोनाको दोस्रो लहर सुरु भएका बेला छोरालाई घर बोलाउने सोच थियो । यसपालिको कोरोना बैरी (खतरनाख) छ भन्दाछन्, छोरालाई घर बोलाउन पाएपनि हुन्थ्यो । मेरो त कर्मै खोटो यसा साल समय (यस्तो विषम परिस्थिती) मा पनि छोरालाई बोलाउन पाइँन् ।” अवकतिलाई छोरो घर आउँदा लाग्ने भाडा पठाउनलाई समेत पैसा छैन् । चैत्रको अन्तिम साता मात्र उनले गाँउको एक समूहबाट ब्याज तिर्ने गरी ऋण काडेर छोराको कलेज फि बुझाएको बताइन् । पहिला निकालेको रकम नतिरेसम्म फेरी ऋण निकाल्न समूहमा नमिल्ने अवकतिले बताइन् । 

अवकति मात्र होइनन्, उनी जस्तै बेलदेवी सिंहले पनि एक वर्षदेखी ज्याला पाएकी छैनन् । “एक सयको दरले गिट्टी फुटाउन भनेका ठेकेदार अहिले ८० रुपैयाँ दिन्छु भनेर भागी रहेका छन् । हामीले ८० रुपैयाँमा गिट्टी नदिने भनेका छौ । मेरा मात्र ५७ हजार रुपैयाँ ठेकेदारबाट लिन बाँकी छ” बेलदेवीले भनिन् । यस्तै नयाँबस्तीका बसन्धरा सिंहले ३४ हजार आठ सय, बृहष्पती सिंहले २७ हजार दुई सय, रतनादेवी सिंहले २२ हजार दुई सय रुपैयाँ ठेकेदारबाट पाउन बाँकी छ । 
यस्तै देविसरा सिंहको ३३ हजार दुई सय, टिका सिंहको ३३ हजार दुई सय र कलसरादेवी सिंहको ३३ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ । नयाँबस्तीका महिलाहरुले सुरुमा तीनतीन हजारआठ पेस्की दिएको भएपनि बाँकी पैसा दिन बाँकी छ । आठ जना महिलाहरुको तीन लाख एघार हजार बढी पैसा ठेकेदारले भुक्तानी गर्न बाँकी रहेको स्थानिय महिला बसन्धरा सिंहले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ सालमा संघिय सरकारबाट वडा कार्यालय निर्माणका लागी आएको १ करोड ५५ लाख रुपैयामा वडा कार्यालय निर्माण भएको हो । वडा कार्यालय निर्माणको जिम्मेवारी काठमाडौंको आश्रय डिप्लोपर्स प्रा.लीले पाएको छ । निर्माण कम्पनिका आधिकारीक ब्यक्ती जयपृथ्वी नगरपालिका वडा नं. ९ का नवराज जाग्री रहेका छन् । तर जाग्रीले गिट्टीको रकम अहिलेसम्म नदिएको स्थानिय महिलाहरुले बताएका हुन् । यता जयपृथ्वी नगरपालिका वडा नं. १ वडा अध्यक्ष्य गगन बहादुर सिंहले ठेकेदारले बदमासी गरेको बताएका छन् । आफूलाई ज्याला नपाएको उजुरी आएपछि यथार्थ जानकारी बुझ्नका लागी ठेकेदारलाई बारम्बार फोन सम्पर्क गरेको भएपनि फोन नउठेको वडा अध्यक्ष सिंहले बताए । 

यस विषयमा थपको यथार्थ कुरा बुझ्नका लागी वडा कार्यालयको भवन निर्माण गर्ने जिम्मा पाएको निर्माण कम्पनी आश्र्रय डिप्लोपर्स प्रा.ली का अधिकारी नवराज जाग्रीलाई बारम्बार फोन गरेको भएपनि उनले फोन उठाएका छैनन् । “जयपृथ्वी नगरपालिकामा एक कट्ठा गिट्टीको न्युनतम मुल्य एक सय रुपैया निर्धारण भएकाले तोकिएको मुल्य ठेकेदारले दिनु पर्ने र स्थानीयहरुले लिनु पर्ने हुन्छ । स्थानिय दरभाउ घटबढ गर्ने अधिकार कसैलाई छैन” वडा अध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...