नेभिगेशन
खेल

सुदृढ जितसँगै धनगढी शीर्ष स्थानमा

काठमाडौँ : लगातार खेल खेल्न बाध्य रहेको धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ र यससँगै शीर्ष स्थानमा उक्लेको छ । सुस्त पहिलो हाफपछि खेलले गति लिएको थियो र यसैक्रममा धनगढीले ५ मिनेटको अन्तरमा सुरुआती दुई गोल गरेको हो ।

यो खेलपछि धनगढीको चार खेलबाट सात अंक भएको छ । जितपछि धनगढीले शीर्ष चार स्थानका लागि बलियो दावेदारी पनि प्रस्तुत गरेको छ । चितवन भने तीन खेलबाट दुई अंकमा सीमित रह्यो र अन्तिम स्थानमा झर्‍यो ।

सुरुआती दुई खेलमा बराबरी खेलेपछि यो चितवनको पहिलो हार रह्यो । यो स्थितिमा चितवन दबाबमा रहनेछ । धनगढीले ६३ औं मिनेटमा पहिलो गोल गरेको थियो र यो निशान लिम्बूको नाममा रह्यो ।

नाइजेरियाली खेलाडी ओलाडिपो ओलावाले आफिजले हेडबाट दोस्रो गोल गरे । बुद्धबल तामाङले ७९ औं मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफमा चितवनले गोलको राम्रो अवसर गुमाएको थियो ।

खेलको २२ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीको गोलरक्षक किरण लिम्बूले जोगाए र त्यसमै फर्केको बलमा जेरकोभिच गोरानको प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफको ७८ औं मिनेटमा गोरानको प्रहारले पोस्टका दिशा लिए पनि त्यो अफ साइड रह्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।