नेभिगेशन
सुदूरपश्चिम

तिहारको मुखैमा अनाथ र टुहुरा बालबालिकाकी साहारा बनिन् उपाध्यक्ष भण्डारी

तल्कोट गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी कुँवरले गाउँपालिकाभित्रका अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा वितरण गर्नुभएको छ ।

पूर्व घोषित कार्यक्रम अनुसार उपाध्यक्ष भण्डारीले आफ्नो सेवा सुविधाबाट बचेको रकमले तल्कोट गाउँपालिकाभित्रका ९० जना अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा वितरण गर्नुभएको हो ।

मंगलबार र बुधबार गरेर उपाध्यक्ष भण्डारीले वडा नम्बर ४, ५, ६ र ७ भित्रका अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा बाँडिसक्नुभएको छ भने अब १, २ र ३ वडाका बालबालिकालाई वितरण गर्न बाँकी रहेको तल्कोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरजित खड्काले बताउनुभयो ।

दशैंमा बाँड्ने योजना भए पनि कारणवश नसकिएको र अहिले तिहार आइरहेकाले लुगाकपडा बाँडेको निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्काले बताउनुभयो । उपाध्यक्ष भण्डारी यसअघि पत्रकार सम्मेलन गरेर तल्कोट गाउँपालिकाभित्रका अनाथ र टुहुरा बालबालिकालाई सहयोग गर्ने बताउनुभएको थियो । 

लुगाकपडा पाएपछि खुशी हुँदै तल्कोट -५ की बालिका विनिता बिकले भनिन्,'तिहार आइरहेको छ । लगाउन लुगा कपडा थिएन । उपाध्यक्ष ज्यु हाम्रो साहारा बनेर आउनुभयो । सरकारले हेरेकाले खुशी लाग्यो। '

यस्तै तल्कोट ६ का सुवन कडायतले पनि उपाध्यक्षले आफूहरुलाई हिउँदे याम र तिहारका बेला ट्र्याक सुट र टिसर्ट दिदा खुशी लागेको बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै