नेभिगेशन
सुदूरपश्चिम

बुंगलमा जारी भलिबल प्रतियोगितामा जयपृथ्वीका महिला टिमको लगातार दोस्रो जीत

बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज ७ खेल भएका छन् । आज पुरुष तर्फ ४ खेल र महिला तर्फ ३ खेल सम्पन्न भएका हुन् । 

आज पुरुष तर्फ पहिलो खेल बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाबीच भएको थियो । यस खेलमा बुंगल नगरपालिकाले दुई एक सेटले जयपृथ्वी नगरपालिकालाई पराजित गरेको छ । दोस्रो खेलमा केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिका बी बीच भएको थियो जसमा केदारस्युँ गाउँपालिकाले बुंगल बीलाई दुई सुन्य सेटले पराजित गरेको छ । 

मष्टा गाउँपालिका र वित्थडचिर गाउँपालिकाबीचको तेस्रो खेलमा वित्थडचिर गाउँपालिकाले दुई एक सेटले मष्टालाई हराएको छ । यस्तै थलारा र केदारस्युँ गाउँपालिका र केदारस्युँ गाउँपालिकाबीच भएको चौथो खेलमा केदारस्युँले दुई एक सेटले थलारालाई पराजित गरेको छ । उता महिला तर्फ भएका तीन खेलमा जयपृथ्वी नगरपालिकाको महिला टिमले लगातार दुई खेलमा जीत हात पारेको छ । 

आज भएको पहिलो महिला तर्फको खेलमा जयपृथ्वी नगरपालिका र बु‌गल नगरपालिका भिडेका थिए । यस खेलमा जयपृथ्वी नगरपालिकाले बुंगल नगरपालिकालाई दुई सुन्यको सोझो सेटमा हराएको छ । बुंगल नगरपालिका बि र बित्थडचिरबीच भएको दोस्रो खेलमा बित्थडचिरले जीत हात पारेको छ । उसले बुंगल बीलाई पनि दुई सुन्यको सोझो सेटले पराजित गरेको हो । र 

केदारस्युँ र जयपृथ्वी नगरपालिकाबीचको तेस्रो खेलमा जयपृथ्वी नगरपालिकाले केदारस्युँ गाउँपालिकालाई दुइ सुन्यको सोझो सेटमा हराएको छ । बुंगल नगर खेलकुद विकास समितिद्धारा सञ्चालन भइरहेको जिल्ला अन्तर पालिका स्तरिय भलिबल प्रतियोगीतामा पुरुष ८ टिम र महिला ६ टिम सहभागी रहेको बुंगल नगर खेलकुद विकास समितिका सदस्य सुरेश ताम्राकारले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै