नेभिगेशन
सुदूरपश्चिम

शिलदेवी मेला: महिला पुरुष गरि ७ वटा खेल सम्पन्न, यी हुन् बिजयी टिम

शिलदेवी मेला अन्तर्गत आज पहिलो चरणका ७ वटा खेल भएका छन् । आज पहिले दुइ खेल महिलाका खेलाइएका थिए भने त्यसपछि पाँचवटा पुरुषका खेलाइएका छन् । आज भएको पहिलो खेलमा महिला तर्फ छबिसपाथिभेरा गाउँपालिकाले जयपृथ्वी नगरपालिका बी टिमलाई सेमिफाइनल प्रवेश गरेको छ । यस्तै महिला तर्फ भएको दोस्रो खेलमा जयपृथ्वी नगरपालिक ए ले जयपृथ्वी बहुमुखी क्याम्पसलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । यस्तै पुरुष तर्फ तल्कोट गाउँपालिका र दुर्गाथली गाउँपालिकाबीच भएको तेस्रो खेलमा तल्कोट गाउँपालिकाले जीत हात पारेको छ । छविसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिका-११ बीच भएको चौथो खेलमा छबिसपाथिभेरा बिजयी भएको छ । थलारा गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाबीच भएको पाँचौ खेलमा थलारा गाउँपालिकाले जीत हात पारेको छ । जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाबीच भएको छैंटौ खेलमा जयपृथ्वी नगरपालिकाले जीत हात पारेको छ । भने जयपृथ्वी नगरपालिका ५ र कर्मचारी मिलन केन्द्रबीच भएको अन्तिम अर्थात् सातौं खेलमा जयपृथ्वी नगरपालिका ५ ले जीत हात पारेको छ । भोली बिहान पहिलो खेल पूरुष तर्फ मष्टा गाउँपालिका र केदारस्युँ गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।