नेभिगेशन
खेल

त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

 त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज (शुक्रबार) नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।

बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ । पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ ।

यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा हुनेछ । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो ।

यसै सिरिजमा हङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । सिरिजमा हालसम्म १४७ रन बनाएका आसिफ सेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । १० विकेट लिएका करण केसी र ७ विकेट लिएका सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई स्थानमा छन् । कुशल मल्ल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी राम्रो लयमा छन् ।

आईसीसी टी-ट्वेन्टी विश्वकप छनोटअघि नेपाल र यूएईका लागि यो अन्तिम खेल हो । त्यसकारण टिमको कमजोरी पत्ता लगाउन र रणनीति बनाउन यो खेल दुवै टिमका लागि निकै महत्त्वपूर्ण हुनेछ । फाइनल खेलका लागि दुवै टिमले आफ्नो उत्कृष्ट टिम मैदानमा उतार्ने तयारी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।