नेभिगेशन
राजनिति

कांग्रेसले हाताहाती दुई मन्त्रालय मागेपछि कर्णालीका मुख्यमन्त्री सकसमा

सुर्खेत : नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएवापत तत्काल दुई मन्त्रालय मागेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको वैठकमा मुख्यमन्त्री शाहीले कांग्रेसलाई दुई मन्त्रालय दिनुको विकल्प नभएको बताएका छन् ।

‘पहिले एक मन्त्रालय र ६ महिनापछि मुख्यमन्त्री दिने कुरा आएको थियो,’ प्रदेश सभा सदस्य रातो कामी भन्छन्, ‘अहिले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय कांग्रेसले माग गरेको छ ।’

कर्णाली प्रदेश सभामा हाल नेकपा माओवादीका १२ र कांग्रेसका ६ सांसद छन् । नेकपा एमालेका सभामुख सहित १६ जना मात्रै सांसद रहेको समयमा कांग्रेस र माओवादीको सरकार ढाल्न एमालेको वशमा छैन । उता एमालेले पनि कांग्रेसलाई अफर दिन सक्ने र कांग्रेस बिच्किएको खण्डमा सरकार नै ढल्ने भएकाले मुख्यमन्त्री दवावमा छन् ।

हाल मन्त्रीमण्डलमा स्वतन्त्र तीन जना मन्त्री छन् । मुख्यमन्त्री शाहीले मन्त्रालय फुटाएनन् भने सात मन्त्रालयमध्ये दुई कांग्रेसलाई दिँदा माओवादीको भागमा मुख्यमन्त्री र एक अर्को मन्त्री मात्रै पर्छ ।

ठम्मर विष्ट हिस्स !

नेकपा एमालेमा प्रवेश गरिसकेका सांसद ठम्मर विष्टलाई मन्त्री बनाउने आश्वासनसहित प्रचण्डसहितका नेताले पार्टीमा फर्काएका थिए । तर विश्वासको मत पाइसकेपछि मुख्यमन्त्री शाहीले विष्टलाई प्राथमिकता दिन छोडेको स्रोतको दाबी छ ।

‘ठम्मरजीलाई मन्त्री बनाउने शर्तमा पार्टीमा फर्काइएको हो,’ मुख्यमन्त्री शाही निकट श्रोत भन्छ, ‘तर, विश्वासको मत लिइसकेपछि मन्त्री बन्न माओवादीभित्र हानथाप भएका कारण विष्टलाई मन्त्री बनाउने अवस्था छैन ।’

सांसद विष्टले राजनीतिक सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘राजनीतिक नेतृत्वले गरेको समझदारी अनुसार निर्णय गर्नेमा म आशावादी छु,’ उनले भने ।

तर माओवादी केन्द्रमा मन्त्री हुन चाहनेहरुको लाइन लामो छ । सांसद गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपालीले मन्त्रालय माग गरिरहेका छन् भने हाल आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेकी मन्त्री विमला केसीले छोड्न मानिरहेकी छैनन् । यसले पनि मुख्यमन्त्री शाहीलाई मन्त्री चयनमा समस्या पारेको श्रोतको दाबी छ ।

दुई मन्त्रालयमा तीन जनाको दाबी

नेकपा माओवादी केन्द्रसँगको सहमति अनुसार दुई मन्त्रालय पाउने भएपछि कांग्रेसमा मन्त्री बन्न तीन जनाले दाबी गरिरहेका छन् ।

सुर्खेतका यज्ञबहादुर विसीलाई मन्त्री बनाउन नेपाली कांग्रेसले संसदीय दलका नेता जीवनबहादुर शाहीलाई ज्ञापनपत्र नै बुझाइसकेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि विसीलाई मन्त्री बनाउन तारन्तार शाहीलाई फोन गरिरहेको स्रोतले बतायो ।

पौडेल खेमाका दीनबन्धु श्रेष्ठ र हिमबहादुर शाही पनि मन्त्री आफूले पाउनुपर्ने माग गर्दै आइरहेका छन् । भागवण्डा मिलेको खण्डमा अबको केही दिनमै कांग्र्रसका दुइ मन्त्रीले सपथ लिने पक्का रहेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै