नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिका दुनीधारीका स्थानियले भिरको जोखिमपुर्ण बाटोमा यत्रा गर्नुपर्ने बाध्यता 

केदारस्युँ गाउँपालिका–८ दुनीधारीका स्थानीयहरूले जोखीम मोलेर भिरको बाटोमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । त्यहाँका स्थानिय बालबालिकाहरु विद्यालय  तथा स्थानियहरु वडा कार्यालय र ओल्लोपल्लो गाउँ आवतजावत लागि चीरकीट्टे भीरको बाटो हिड्नुपर्ने  बध्याता रहिआएको छ ।

केदारस्युँ गाँउपालीका –८ दुनीधारीमा रहेको डाडाँबाघ आधारभुत विद्यालयमा अध्ययन गर्न स–साना विद्यार्थी बालबालिकाहरुले भिरको भीरालो बाटोमा जोखीमपुर्ण यात्रा गर्नुपरेको स्थानिय जयभमन कुमार बोहराले बताउनुभयो । 
कक्षा ६ देखि १२ सम्म अध्ययन गर्नकोलागि कैलास माध्यामिक बीद्यालय लोतू टुडीखेल जाने त्यहाँका विद्यार्थिहरु ३ घण्टा पैदल  र कक्षा २ देखीा ५ सम्म अध्ययनगर्ने बिद्यायार्थीहरुले पनि १ घण्टा पैदल यात्रा गरेर बैलेक आधारभूत बीद्याल पुग्नुपर्ने हुन्छ।

बर्षायाममा भीरकोबाटो चिप्लोहुने भएकाले आवतजावत गर्नझन अप्ठ्यारो हुने गरेको र भीरबाट ढुङगाझर्ने भएकाले यात्रागर्न जोखीम रहेको र कतीपय विद्यार्थीहरुले भने पढाइ छोडेर घरमानै बस्ने गरेको पनि केदारस्युँ गाउँपालिका–८ कि कक्षा ९मा अध्यनरत सिर्जना बोहराको गुनासो रहेकोछ ।

बाटो मर्मत तथा निर्माणको लागि स्थानिले वडा कार्यालय तथा पालिकामा बेलाबेलामा माग गरेको भएपनि अहिले सम्म कुनैपनि निकायबाट पनि उक्त समस्याको सुनुवाई नभएको बताइएको छ ।  चुनावको बेलामा विभिन्न दलका नेताहरुले आएर आसवासन दिने गरेको भएपनि जितर गएपछि कसैले पनि चासो नदिएको स्थानियको गुनासो रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै