नेभिगेशन
सुदूरपश्चिम

विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको एक सरकारी भवन

केदारस्युँ गाउँपालिकामा एक सरकारी भवन विगत ७ वर्षदेखि अलपत्र परेको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर --९ झोता बजार र सुँडिखोलाको बीच भागमा रहेको भैरवनाथ इलाका वन कार्यालयको भवन अलपत्र परेको हो । २०७३ साल १ महिना ३० गते सम्झौता भइ २०७४ साल असार मसान्तमा सम्पन्न भएको उक्त इलाका वन कार्यालय र स्थानीय सरकारको वेवास्ताका कारण अलपत्र परेको हो ।

तत्कालिन् जिल्ला वन कार्यालयसँग भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ४० हजार ४ सय ३६ रुपैँयाँमा ठेक्का सम्झौता गरेका थलारा -०३ कुचका गगनबहादुर सिंहले वि.सं. २०७३ असार ३० गतेसम्म अर्थात् २ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर दुई महिनामा नसकिने भएपछि एक वर्ष म्याद थप भएको थियो ।

म्याद थप अनुरुप ठेकेदार सिंहले २०७४ साल असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरेका थिए । तर ठेकेदारले सिंहले प्लास्टर्ड गर्नु मात्रै बाँकी रहँदा पनि १८ लाख मात्रै रकम पाएको गुनासो गरे । भवन निर्माण सम्पन्न गरे पनि प्राविधिकले बिल नउठाउँदा रकम फ्रिज गएको उनको भनाई छ । उनका अनुसार तत्कालिन् जिल्ला वन कार्यालयले  अझैं ९ लाख जति रकम दिन बाँकी रहेको हुँदा उनले हस्तान्तरण नगरि बसेका थिए ।

झोतामा कार्यालय सञ्चालन गरि सेवा प्रवाह गर्दै इलाका वन कार्यालय नयाँ भवनमा सर्नुको सट्टा झन् सैन्सुमा गएर बसेको स्थानीय गोवीलाल बोहराले बताए । तत्कालिन् जिल्ला वन कार्यालय प्रमुख असोक कुमार श्रेष्ठले भवनको बाँकी रकम दिन आलटाल गर्दागर्दै रकम फ्रिज गएको हो । भवन ७ वर्षसम्म अलपत्र पर्दा पनि डिभिजन वन कार्यालय र स्थानीय तहले भवनबारे चाँसो नराखेको ठेकेदार सिंहको गुनासो छ ।

आफूले पाउन बाँकी रकमका लागि अदालत जाने पनि सिंहले बताएका छन् । भवनबारे केदारस्युँ गाउँपालिकाले पनि अनुपयुक्त ठाउँमा रहेको भन्दै लगानी गर्न अनिच्छा प्रकट गरेको छ । केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले उक्त भवन भीरको मुनी रहेको हुँदा जुनसुकै वेला पनि ढुंगा खस्न सक्ने हुँदा कसैले बस्न नरुचाएको र पालिकाले पनि लगानी गर्न नचाहेको बताउँछन् ।

केही वर्ष अगाडी सरिया बोकेर हिडिरहेको ट्र्याक्टर दुर्घटना हुन गइ एक जनाको त्यही भवनको आँगनमा मृत्यु भएपछि झन् कसैले भवनबारे चाँसो नराखेको स्थानीयको भनाई छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै