नेभिगेशन
सुदूरपश्चिम

सुनकुडा नमुना क्याम्पसमा अनेरास्ववीयु गठबन्धनबाट बिजयी जोशी बिप्लव निकट अखिल क्रान्तिकारी प्रवेश

बित्थडचिर गाउँपालिका -९ स्थित सुनकुडा नमुना क्याम्पसका स्ववीयु कोषाध्यक्ष भानु जोशी बिप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको छ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू गठबन्धनबाट क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित जोशी आइतबार बिप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको हो ।

पुरानो राज्यसत्ता र पुराना पार्टीबाट युवा विद्यार्थीका हकअधिकार नआउने भन्दै आफूले बिप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेको जोशीले बताउनुभएको छ । अबको नेपाली विद्यार्थीको कार्यभार व्यक्ती होइन व्यवस्था नै फेर्नुपर्ने भएकाले आफू नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारि संगठनमा आबद्ध भएको उहाँको भनाइ रहेको छ ।
आइतबार नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी संगठनले एक कार्यक्रमको आयोजाना गदै जोशीलाई संगठनमा स्वागत गरेका छन् । जोशीलाई स्वागत कार्यक्रममा बझाङ्गद्विप क्याम्पस स्ववीयू सभापति कमल सी, जिल्ला पार्टी इन्चार्ज भरत सी लगायत नेताहरुको उपस्थिति थियो । जोशी पहिलेदेखि नै अखिल क्रान्तिकारी बझाङ्ग जिल्ला इन्चार्ज कमल सि निकट देखिन्थे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै