नेभिगेशन
सुदूरपश्चिम

नेपाललाई विश्वसामु चिनाउने ढाँटलाई हौसला स्वरुप बित्थडचिरले एक लाख दिने, वडाध्यक्षले पनि सहयोग गर्ने

  • मनिस बोहरा / देउलेख

बित्थडचिर गाउँपालिकाले मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटलाई हौसला स्वरुप एक लाख दिने भएको छ । ढाँटले थाइल्यान्डमा भएको खेलमा रुसका खेलाडीलाई पराजित गर्दै वन फ्राइडे फाइट्समा विजयी हासिल गरि नेपालको नाम विश्वसामु पुर्याउनुभएको थियो ।

भदौ २९ गते शुक्रबार भएको वन फ्राइडे फाइट्समा रविन्द्र ढाँटले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराउनुभएको थियो । बित्थडचिर स्थायी घर भइ व्यावसायिक फाइट करिअर बनाइरहेका रविन्द्रले रुसलाई हराएसँगै उहाँले छैटौं पटक बिजयी हाँसिल गर्नुभएको हो ।

उहाँको हौसलाका लागि अहिले बित्थडचिर गाउँपालिकासँगै वडाध्यक्ष र अन्य बित्थडबासीहरु पनि आर्थिक सहयोग गर्न थालेका छन् । हालसम्म बित्थडचिर गाउँपालिकाले एक लाख, बित्थडचिर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अनिल महरले रु. २५ हजार, वडा नम्बर ६ का वडाअध्यक्ष हरिश खड्काले रु २० हजार, वडा नम्बर ३ का वडा अध्यक्ष गणेश बोहोराले रु. २३ हजार आर्थिक सहयोग गर्ने जनाएका छन् ।

रविन्द्र घरको आर्थिक अवस्था कमजोर भएपछि जीविकोपार्जनकै सिलसिलमा भारत पुगेका थिए । नेपालमा एसएलसी दिएपछि भारतमै सामान्य जागिर गरेका उनले कराते खेल सिक्दै मिक्स मार्सल आर्ट्समा प्रवेश गरेका थिए । पछिल्लो केहि वर्षदेखि उनी नेपालको लक एन्ड रोल एमएमएमा दिविज पियाको व्यवस्थापनमा रहेर मार्सल आर्ट्समा पूर्ण रुपमा लागेका थिए । उनले भारतमा पनि केहि प्रतियोगिता जित्दै वन च्याम्पियनसिपको यात्रा तय गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै