नेभिगेशन
राजनिति

मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै

पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक बिहान १० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ। 

सम्मानको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा रहेकाे र मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिइने नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। नेता नेम्वाङको शव अहिले त्रिवि शिक्षण अस्पातलमा रहेको छ। सरकारले दिने सम्मानको बारेमा टुंगो लागेपछि त्यहाँबाट उनको शव पार्टी कार्यालय च्चासलमा आज र भोलि राखिने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै