नेभिगेशन
सुदूरपश्चिम

साउथ एसियन कराते प्रतियोगितामा चम्किएका सुदिपले नेपाललाई प्रथम स्थान दिलाए

भारतको चेन्नेइमा सम्पन्न भएको साउथ एसिया कराते कप २०८० मा नेपालको तर्फबाट खेलेका ५५ केजी तौलबाट सुदिप कठायत प्रथम भएका छन् । जापान कराते डाे.कोशिकाई सितोरियो संघ नेपालबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एसियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन् ।

१८ वर्षिय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गरेका हुन् । समुहको फाइनलमा प्रथम नेपाल दोस्रो बङ्गलादेश, तेस्रो भारत भएका छन्र ।

बझाङको मष्टा गाउँपालिका वडा.न २ स्थित बाडेगाउँ घर भएका कठायतले १८ वर्षको उमेरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित हासिल गराउन सफल भएको प्रशिक्षकले जनाएका छन् ।

फाइनल खेलमा बंगलादेशलाई पछि पार्दै नेपालका तर्फबाट ५५ केजी तौलमा प्रथम भएको जनाइएको छ। दुर्गम बस्तीबाट उदाएका कठायत आफ्नो निरन्तरको लगनशीलता र इच्छाशक्तिले आफू साउथ एसिया कपसम्म छनोट भएर प्रथम भएको बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै