नेभिगेशन
राजनिति

नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु

नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु भएको छ । देशका ७५३ ओटै स्थानीय तहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुल माध्यमबाट अभियानको उद्दघाटन गरेसंगै बझाङमा पनि अभियान शुरु भएको नेकपा माओवादी केन्द्रका खप्तडछान्ना गाउँकमिटि सचिव दिपेन्द्र बहादुर सिंहले बताए । 

वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान शुरु भएको उनले बताए । बझाङका ९४ ओटै वडामा अभियानको शुरुवात भएको उनले बताए । तीन महिना सम्म सञ्चालन हुने अभियानका क्रममा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वडा कमिटी गठन र पुनर्गठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउने निणर्य भएको सिंहले बताए ।

 यस्तै अभियानको दौरानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियान्ताहरुसंग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेको कामलाई सफल बनाउनका लागि छलफल गर्ने, अनियमितता, भ्रष्टाचारका घटनाहरुको खोजी गरी कानुनी दायरमा ल्याउने, विकास निर्माणका कामहरुका लागि पहल गरिने माओवादी केन्द्रले जनाएको छ । अभियानका सिलसिलमा सामाजिक संघसंस्था र सहकारीहरुलाई प्रवद्र्धनका लागि पहल गर्ने र पार्टी नेतृत्वको कार्यशैली उपर जनताका गुनासाहरु संकलन समेत गरिने माओवादी केन्द्रले जनाएको छ । 

विशेष रुपान्तरण अभियानका लागि बझाङका १२ ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । जनतासंगको सम्बन्धलाई बलियो बनाउँदै पार्टी संगठनलाई विस्तार गरिने माओवादी केन्द्रले जनाएको छ । देशैभरको अभियान भएको हुनाले पार्टीको संगठन विस्तारमा अभियानले महत्वपूणर् भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै