नेभिगेशन
सुदूरपश्चिम

वडाध्यक्ष सिंहको प्रसंसनिय काम : पुरस्कार रकमले जयपृथ्वी प्रतिक्षालय र शालिक निर्माण

छबिसपाथिभेरा गाउँपालिकाले पहिलो निति कार्यक्रममै राम्रो काम गर्ने वडाध्यक्ष तथा जनप्रतिनिधिलाई पुरस्कृत गर्ने निर्णय सर्वसम्मत पारित गर्यो । गाउँपालिकाको यो निर्णयले जनप्रतिनिधिलाई राम्रो काम गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको थियो । 

फलस्वरुप अरु जनप्रतिनिधिभन्दा छबिसपाथिभेरा १ का वडाध्यक्ष करनजंग बहादुर सिंह हरेक काम जनप्रिय गर्दै जानुभयो । उहाँले एक वर्षको अवधिमा वडाभित्र नहर, आरसीसी बाटो, विद्यालयमा निशुल्क कापी वितरण, प्रहरी चौकी व्यवस्थापन जस्ता काम सक्नुभयो । 

यो काम छबिसपाथिभेरा अन्य वडाभन्दा बढी र समयमै सम्पन्न भएका थिए । आर्थिक वर्ष २०७९/८० मा योजना तथा कार्यक्रम समयमै सम्पन्न गरेको भन्दै पालिकाले वडाध्यक्ष सिंहलाई पाँच लाख नगद पुरस्कार प्रदान गरियो ।

सिंह व्‍यापारी पनि भएकाले उहाँले आफूले पाउने सेवा सुविधा सबै वडाबासीको हितमा लगानी गर्दै आउनुभएको छ । उहाँको कामको मूल्यांकन गर्दै छबिसपाथिभेरा गाउँपालिकाले उहाँलाई केही समय अगाडी ५ लाख नगद पुरस्कार प्रदान गरेको थियो ।

त्यही पुरस्कार रकमलाई वडाध्यक्षले सिंहले जनताको हितमा लगाउने निर्णय गर्नुभयो । उहाँले बगडगाउँस्थित सडक छेउमा जयपृथ्वी बहादुर सिंह यात्रु प्रतिक्षालय र सानो सालिक निर्माण गर्नुभएको छ । 


यसले एकातिर यात्रु तथा स्थानियलाई बस्न सहज हुने भएको छ भने अर्कातिर मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको सम्मान भएको छबिसपाथिभेरा गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहराले बताउनुभयो ।  जयपृथ्वीबहादुर सिंह यात्रु प्रतीक्षालयको निर्माण गरेको भन्दै वडा अध्यक्ष सिंहलाई टिका खादासहित सम्मान गरिएको छ ।


 शुक्रबार  जयपृथ्वी बहादुर सिंह यात्रु प्रतिक्षालयको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । प्रतिक्षालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सिंहले भन्नुभयो, ' यो प्रतिक्षालय मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले गरेका योगदान चिनाइ राख्न र यात्रुहरुको सहजताका लागि आफुले मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह यात्रु प्रतीक्षालयको निर्माण गरिएको हो । यसलाई संरक्षण गर्नु सबैको कर्तव्य हो ।'

शुक्रबार वडा अध्यक्ष करन जङ्ग बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष बसन्त चलाउने प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष लक्षिमन बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन बहादुर ऐडी, वडा अध्यक्षहरु, समाजसेवी, बुद्धीजीबी, विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, शिक्षक तथा कर्मचारी र वडाबासीको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै