नेभिगेशन
खेल

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भोली मलेसियासँग खेल्ने

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । 

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयो । सिङ्गापुरका रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । बलिङतर्फ नेपालका कार्तिक कामतले ३ तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतीक पोखरेलले १/१ विकेट लिए ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका सूर्यांशु कोइरालाले ४३ र निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले नटआउट १२, प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए ।

नेपालले अब भोलि मङ्गलबार उपाधिका लागि मलेसियासँग खेल्नेछ । मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।