नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि भने: सबैको साझा प्रतिनिधिका रुपमा काम गर्छु

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेको शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गरे ।

सभामुखबाहेक ५२ सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गरेका छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिएका हुन् । विश्वासको मतका विपक्षमा ११ मत परेको छ । एमालेका १० र एक जना राप्रपा सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै