नेभिगेशन
सुदूरपश्चिम

राष्ट्रपति रनिङ शिल्ड : छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ फाइनल प्रवेश, यस्तो छ आजको नतिजा

बझाङमा भइरहेको १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । आज भएको छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ फाइनल प्रवेश गरेका छन् भने छात्रा भलिबल तर्फ बित्थडचिर र साइपाल गाउँपालिकाबीच पहिलो खेल सम्पन्न भएको छ ।

छात्र भलिबल तर्फ वित्थडचिरले छबिसपाथिभेरा गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको छ भने केदारस्युँले तल्कोटलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

भोली छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ गाउँपालिका प्रथम र द्धितियका लागि खेल्ने छन् भने तल्कोट र छबिसपाथिभेरा तृतिय स्थानका लागि खेल्ने छन् । यस्तै छात्रा भलिबल तर्फ आज भएको पहिलो खेलमा वित्थडचिरले साइपाललाई हराएको छ । 

यस्तै एथ्लेटिक्स अन्तर्गत आज फाइनल खेल खेलाइएको छ । 
त्रिपल जम्फमा छात्र तर्फ फाइनलमा 
केदारस्युँका सुवाश मल्ल प्रथम 
जयपृथ्वी नगरपालिकाका सुनिल महर द्धितिय
छबिसका सुशिल भण्डारी तृतिय

त्रिपल जम्फमा छात्रा तर्फ फाइनलमा
साइपालका जलसा बोहरा प्रथम
केदारस्युँ कविता भण्डारी द्धितिय
जयपृथ्वीका अमिशा जोशी तृतिय

लङ जम्फमा छात्र तर्फ फाइनलमा
केदारस्युँका नवीन धामी प्रथम
छबिसका सुशिल भण्डरी र जयपृथ्वी मुकेश सिंह द्धितिय
बुनपा विनोद कुँवर तृतिय

लङ जम्फमा छात्रा तर्फ फाइनलमा
बुनपाका मञ्जु खडायत प्रथम
जनपा रेजिना हमाल  द्धितिय
खप्तडछान्ना सारदा चौहान तृतिय

४०० मिटर दौडमा छात्र तर्फ फाइनलमा
दुर्गाथलीका सुवास खाती प्रथम 
बुनपाका मुरलीधर जोशी द्धितिय
केदारस्युँका उत्तम बोगटी तृतिय


४०० मिटर दौडको छात्रा तर्फ फाइनलमा
बुनपाका सरिता ऐडी प्रथम
वित्थडचिरका पुष्पा बोहरा द्धितिय
केदारस्युँ रविना विष्ट तृतिय

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै