नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित, निर्णायक मानिएको नागरिक उन्मुक्ति बैठकमा उपस्थित भएन

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो।

प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठक विशेष कारणवश आज दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना मार्फत जानकारी गराएको छ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा विश्वासको मत लिने आज अन्तिम दिन हो। तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका कुनै पनि प्रदेश सभा सदस्य नआएपछि बैठक स्थगित हुन पुगेको बुझिएको छ।
 
नागरिक उन्मुक्तिले विश्वासको मत नदिने बताउँदै आएको छ। नागरिक उम्मुक्तिको साथ नपाए मुख्यमन्त्री रावलले विश्वासको मत पाउने अवस्था छैन्। नागरिक उन्मुक्तिलाई ४ बजेसम्म फकाउन सकिन्छ की भन्ने दाउमा एमाले देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै