नेभिगेशन
सुदूरपश्चिम

सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ । कारागार चलान गरिएका सांसद चौधरी विरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको दाबीसहित उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको तयारी गरिएको हो ।

सांसद चौधरीका एक कानुन व्यवसायका अनुसार जिल्ला अदालतले फैसला गर्नुभन्दा पहिले अदालतले म्याद पठाउँछ । तर म्याद पठाउँदाखेरि अरुण चौधरीका बुवा करिंगा चौधरीले बुझेको देखाइएको छ । त्यसमा करिंगा चौधरीले गर्ने हस्ताक्षर भन्दा नितान्त फरक रहेकाले म्याद नै किर्ते रहेको ती कानुन व्यवसायीको जिकिर छ । 

कानुन व्यवसायीले भने, ‘निष्पक्ष सुनुवाइको मौका सबैले पाउनुपर्ने हुन्छ । प्राकृतिक न्याय सिद्धान्तको आधारमा फैसला हुनुपर्छ । तर अरुण चौधरीले विधिसम्मत सुनुवाइको मौका पाएको देखिँदैन । यसमा म्याद नै किर्ते भएको देखिएकोले म्याद नै बदर गरिनुपर्छ ।’

त्यस्तै, सांसद चौधरीका दाजु परशुराम चौधरीले आफ्नो बयानको क्रममा भाइ अरुण चौधरीले आफ्नो घरमा नबसी दोदोधरा गाविसमा बस्दै आएको देखाएको तर फैसलामा बलिया गाविसको वडा नं. ३ उल्लेख गरिएकोले म्याद तामेल कानुन सम्मत नभएकोले बदर हुनुपर्ने माग गर्दै मुद्दा पुनरावेदन गरिने बताइएको हो ।

फैसला नै त्रुटिपूर्ण रहेकोले उत्प्रेषण–परमादेशको आदेश जारी गरी पाउन उच्च अदालतमा रिट निवेदन आइतबार नै दर्ता गर्ने तयारी गरिएको बताइएको छ । उच्च अदालतले परमादेश जारी गरेको अवस्थामा सो मुद्दाको बहस नयाँ शिराबाट हुनेछ ।

आइतबार मुद्दा पुनरावेदन भएको अवस्थामा मुद्दाको बहस सोमबार नै हुन सक्ने कानुन व्यवसायीले जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो ।

२०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेव बजगाईंको लु. २ त. २११ नम्बरको ट्याक्टरमा आगजनी भएको थियो । सोही आगजनी घटनामा ट्याक्टर मालिक बजगाईंले १ वर्षपछि २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत कैलालीले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको हो । प्रहरीले उनलाई बिहीबार बाँकेबाट पक्राउ गरेर कैलाली ल्याएको थियो । हाल उनलाई अदालतले कैलाली कारागार चलान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै