नेभिगेशन
सुदूरपश्चिम

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ। प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ। ५० रनको झिनो लक्ष्यलाई प्रदेश १ ले ११।४ ओभरमै पूरा ग¥यो। दोस्रो खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई ३३ रनले हरायो।

 

युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो। कविताले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रन जोडिन। ऋतु कनोजिया २१ बलमा ४ चौकासहित २७ रनमा अविजित रहिन।

 

कप्तान बिन्दु रावल र सम्झना खड्काले १०–१० रन बनाए। रुवि पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए। वाग्मतीकी तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन। यशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्यायले १र१ विकेट लिए।

 

वाग्मतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रनमात्र बनाउन सकियो। कञ्चन श्रेष्ठ २१ बलमा १ चौकासहित सर्वाधिक १६ रन बनाए। ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अस्मिना कर्माचार्य १३ र खुसी डंगोलले १४ रन बनाए। ऋतुले ४ ओभरमा १० र मनीषा उपाध्यायले ४ ओभरमा २० रन खर्चेर २÷२ विकेट लिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै