नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार गठनमा नागरिक उन्मुक्तिले समर्थन गर्ने

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दासम्म सरकार गठनका लागि कायम रहेको अन्योल हटेको छ । नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा सघाउने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले गठबन्धन अन्तर्गतको दल एमालेलाई सरकार गठनमा समर्थन गर्ने निर्णय भएको बताए । उनले भने, ‘सरकारमा सहभागिताबारे अझै टुंगो लागिसकेको छैन । तर सरकार गठनमा चैं एमालेलाई समर्थन गर्ने कुरा छ ।’

नागरिक उन्मुक्तिले समर्थन गर्ने भएपछि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा सरकार गठन हुने भएको हो । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको अन्तिम समयसीमा बुधबार अपराह्न ५ बजेसम्म हो । माओवादी केन्द्र र एमाले शीर्ष तहमा सुदूरपश्चिम आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने र पहिलो कार्यकाल एमालेले नेतृत्व गर्ने समझदारी भए अनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्न लागेको हो ।

निर्धारित समयभित्रै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसदहरुको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश्सभामा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । माओवादी केन्द्रको ११, एमाले १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाका एक गरी २९ सांसदको समर्थन रावललाई प्राप्त हुन लागेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै