नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा प्रदेश सांसदले कति पाउँछन् सुविधा ?

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ । ५३ सदस्यीय प्रदेशसभाका सांसदको यही पुस ११ गते शपथग्रहण गराउने तयारी सचिवालयको छ । प्रदेश संसद्‌‌ले शपथग्रहण गरेपछि मासिक पारिश्रमिक, भत्तालगायतका सुविधा पाउनेछन् । सुदूरपश्चिम प्रदेशसभाका सांसदहरुले मासिक न्यूनतम ८५ हजार ५०० रुपैयाँ बुझ्नेछन् । 

प्रदेशसभा सचिवालयका अनुसार मासिक पारिश्रमिक ५६ हजार ५ सय, आवास १७ हजार, धारा/बिजुली २ हजार, पत्रपत्रिका तथा संचार ३ हजार र ७ हजार अतिथि सत्कारमा नियमित सुविधा पाउनेछन् ।

आवास सुविधाबापतको १७ हजार भने प्रदेशसभा भवनदेखि १५ किलोमिटर क्षेत्रमा आफ्नै घर भएकाहरुले नपाउने व्यवस्था छ । तर, पहिलो कार्यकालका धनगढीमै आफ्नो घर भएका केही सांसदहरुले पनि आवास सुविधाबापतको रकम बुझेका थिए । साथै, कार्यकालभरिमा एक पटक एकमुष्ट एक लाख रुपैयाँ फर्निचरका लागि पाउने व्यवस्था छ । आफ्नै घरमा बस्ने सांसदहरुलाई सचिवालयले वार्षिक ३५ हजार मर्मत खर्चबापत उपलब्ध गराउने व्यवस्था छ ।

सांसदहरुले पनि एक जना नासुस्तरको स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । नियमित सुविधाबाहेक सांसदहरुले प्रदेशसभा बैठक बसेको दिन एक हजार बैठक भत्ता र ५०० यातायात खर्च पनि पाउनेछन् । दैनिक भ्रमण भत्ता पनि उनीहरुका लागि बेग्लै तोकिएको हुन्छ ।

सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षको संसदीय दलका नेता, सत्तारुढ दलको प्रमुख सचेतक र विषयगत समितिका सभापति, सत्तारुढ र विपक्षी दलको प्रमुख सचेतकले अतिरिक्त सेवा सुविधाहरु पाउने प्रावधान छ ।

सांसदहरुको मासिक पारिश्रमिक ५६ हजार ५०० रहेकोमा सभामुखको ६४ हजार, उपसभामुख र विपक्षी दलको संसदीय दलका नेताको ५९ हजार ५००, सत्तारुढ दलका प्रमुख सचेतकको ५७ हजार ५०० र विपक्ष दलको प्रमुख सचेतकको ५७ हजार रुपैयाँ तोकिएको छ । त्यसबाहेक उनीहरुले पनि आवास, धारा, बिजुली, सञ्चार, अतिथि सत्कार शीर्षकमा अतिरिक्त सुविधा पाउने व्यवस्था छ । पदाधिकारीहरुले सवारी साधन, स्वकीय सचिवहरु पनि पाउने नियम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै