नेभिगेशन
सुदूरपश्चिम

एम्बुलेन्स खरिद नहुँदै मर्मत खर्च शिर्षकमा बजेट विनियोजन, के भन्छन् थलारा गाउँपालिका उपाध्यक्ष ?

थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । केहि दिनअघि सार्वजनिक भएको थलारा गाउँपालिकाको परियोजना तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९-८० का लागि एम्बुलेन्स मर्मत तथा सम्भार खर्च शिर्षकमा ५ लाख ७५ हजार विनियोजन गरिएको छ । 

एम्बुलेन्स नहुँदै मर्मत खर्च छुटाएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । गाउँपालिकामा हाल सम्म एम्बुलेन्स नभएको र एम्बुलेन्स मर्मतका नाममा आर्थिक अनियमितता गर्न खोजेको स्थानीयले आरोप लगाएका छन् । 

स्थानीय गौतम कुमार विष्टले अहिलेसम्म गाँउपालिकामा एम्बुलेन्स नभएको र मर्मतका लागि किन बजेट विनियोन गरियो भनेर सोध्न खोज्दा जनप्रतिनिधिले जवाफ नदिएको बताएका छन् । सामाजिक सञ्जालमा विष्टले गाँउपालिकाका जनप्रतिनिधिहरुसँग विभिन्न माध्यमबाट जानकारी लिन र बुझ्न खोजेको तर जवाफ नआएको गुनासो गरेका छन् । 

यस विषयमा थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले सामाजिक सञ्जालमा गलत अफवाह फैलाएको बताउनुभएको छ । थलारा गाउँपालिकाले ६ महिनाअघि नै एम्बुलेन्स खरिद प्रक्रियामा गए पनि अहिलेसम्म आईनपुगेको सत्य भएको बताउँदै सामाजिक सञ्जालमा भ्रष्टाचार गर्न खोजेको भन्ने आसय गलत रहेको बताउनुभयो । तर ६ महिना वितिसक्दा पनि एम्बुलेन्स अझैसम्म आएको छैन । 


एम्बुलेन्स आकस्मिक विरामीका लागि प्रयोग हुने र मेसनरी वस्तु भएकाले बेला बेला बिग्रन सक्ने सम्भावना भएकाले मर्मत सम्भारमा ढिला नहोस् भनेर उक्त शिर्षकमा बजेट विनियोजन गरेको भन्दै पन्छिनुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै