नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ

बझाङ: कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ परेका छन्। कंचनपुरको बेलौरी नगरपालिका–४ बुटाबारीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २१ मिलिग्रामसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–८ सेलाखेतका २३ वर्षीय उमेश धामी १९ वर्षीय महेश धामी रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै