नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिका-१ मा १५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग

बझाङ : बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै बिजुली बत्ती बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न पाएका छैनन् ।

गाउँमा विद्युतका पोलहरु र तारहरु अहिले पनि छन् । ती तार र पोल स्थानीय बासिन्दाले कपडा सुकाउन प्रयोग गरेको १५ वर्ष बित्न लागि सकेको छ । सरोकारवाला निकायले विद्युत् बाल्न तथा जडान गर्न पहल नगरेपछि यहाँका नागरिकहरुको बिजुली बत्ती बाल्ने आशा निराशामा परिणत हुन थालेको हो । 

गाउँ नजिकै पालगाड खोला छ । त्यो खोलाबाट २०६५ सालमा लाखौँको लगानीमा २२ किलोवाट क्षमताको भौराणिछडा लघु जलविद्युत् योजना निर्माण गरी सञ्चालनमा ल्याएको थियो । विद्युत् सञ्चालन भएको केही समय नपुग्दै पालगाडले कटान गर्दै नहर भत्कायो र ठाउँठाउँमा पहिरो गयो । त्यो विद्युत् सञ्चालन गर्ने आँट न तत्कालीन कोटदेवल गाविसले गर्यो न त तत्कालीन जिल्ला विकास समितिले नै । 

विद्युत् सञ्चालनका लागि कसैले पहल नगरेका कारण भएका विद्युतका औजार तथा उपकरण खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।  स्थानीय समाजसेवी जगदिशबहादुर भण्डारीले भन्नुभयो । ‘स्थानीय सरकार आएपछि त बिजुली बत्ती बाल्न पाइन्छ कि भन्ने आशामा थियौँ, पटक पटक स्थानीय सरकारसँग विद्युत् पुन: निर्माण तथा राष्ट्रिय प्रसारण लाइन जोडी दिन आग्रह गर्दै आयौँ, तर त्यो पूरा हुन सकेन ।’

उहाँका अनुसार २०७४ सालमा भएको पालिका चुनावमा निर्वाचित जनप्रतिनिधिहरुले यो गाउँका लागि विद्युत् लगायत सिँचाइका कोरा नारा दिएका थिए । ‘हामी सोझा नागरिक पत्यायौँ र मतदान पनि गर्यौँ' उहाँले भन्नुभयो– 'पाँच ‍वर्ष वित्यो न सिँचाइको सुविधा गाउँमा पुग्यो न त विद्युत् नै ? ’ 

गएको वैशाखमा भएको पालिका चुनावमा निर्वाचित जनप्रतिनिधिहरुले पनि दशैँअघि नै बिजुली बत्ती पुर्याउने आश्वासन दिएका थिए । तर, अहिलेसम्म एउटा विद्युतको पोल र तार बनाउने काम नभएको स्थानीय बासिन्दाको गुनासो छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै