नेभिगेशन
सुदूरपश्चिम

कसम खुवाएर मात्रै मतदान सहभागी हुन्छौं : खप्तडछान्नाबासी

गत वर्ष असोज ३१ गते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पीडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन् ।

बाढी पहिरोका कारण कारण उठीबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढी पीडितहरुले बगाएको घर खेत देखाउँदै आफूहरुका समस्या समाधान गर्ने दललाई भोट दिने बताएका हुन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरु घरदैलोमा पुगेका बेला आफूहरुको समस्या समाधान गर्न कुनै पनि पहल नगरेको बताउँदै आगामी निर्वाचनमा बाढी पीडितका समस्या समाधान गर्ने बाँचापछि मात्र भोट दिने बताएका हुन् ।

खप्तडछान्ना – १ खाती गाउँका शुरेन्द्र खातीले एक वर्षसम्म आश्वासनमा बिताएको र सरकारी क्षेत्रबाट सोचे जति सहयोग नभएको हुँदा यो निर्वाचनमा आफ्ना समस्या समाधान गर्नेलाई कसम खुवाएर मात्रै भोट हाल्ने निर्णयमा पुगेको बताउनुभयो ।

 बाढी र पहिरोका कारण उठिबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका झण्डै ७७ परिबारको अहिलेसम्म पनि बिचल्लीमा छन् । कसैको बस्ने घर छैन् भने कसैले आफन्तको गोठ तथा घरमा शरण लिएर बस्नु परेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै