नेभिगेशन
सुदूरपश्चिम

बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान

बझाङ: सन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय बझाङले स्थानीय तहमा नमूना मतदान कार्यक्रम सुरु गरेको छ । आज खप्तडछान्ना गाँउपालिका र दुर्गाथली गाँउपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न भएका जिल्ला निर्वाचन कार्यालय बझाङका सुचना अधिकारी भक्त नेपालीले जानकारी दिनुभयो । त्यसै कार्यक्रम अन्र्तगत दुर्गाथली गाँउपालिकाको चौधारीमा ५३ जनाले नमुना मतदान गरेका छन । नमुना मतदान कार्यक्रममा ४० जना पुरुष र १३ जना महिलाले सहभागिता जनाएका थिए । ५३ मत खसेकोमा ४५ मत सदर र ८ मत बदर भएका छन ।

यस्तै खप्तडछान्ना गाँउपालिकाको पाटादेवलमा पनि नमुना मतदान सम्पन्न भएको छ । उक्त कार्यक्रममा ८५ जना सहभागि भएका छन । नमुना मतदानमा २२ म तबदर भएका छन । दुबै स्थानिय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगायर मतपत्र पट्याउन नजानेको, दुईकोठामा छाप लगायको र दुई चिन्हमा छाप लगाएको देखिएको छ । खप्तडछान्नामा भएको नमुनामतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जागेश्वर भण्डारी लगायत अन्य कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आउदो निर्वाचनका लागी जिल्ला सुरक्षा समितिले पुर्ण तयारी गरेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन । नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । यो चुनावमा मतदाता शिक्षा सञ्चालन पनि भएको र नमूना मतदानबाट पनि मतदानका बिषयमा जानकारी दिने लक्ष्य लिइएको जिल्ला निर्वाचन अधिकारी विमल प्रसाद गौतमले जानकारी दिनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै