नेभिगेशन
सुदूरपश्चिम

बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु

बझाङ; बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।जिल्लाको थलारा गाउँपालिका ८ विस्खेत निवासी नरेन्द्र जोशीका ७ वर्षिय छोरा किवांश जोशीको  अरिङ्गालको टोकाइबाट बिहिबार बिहान डोटिको सायल गाउँपालिकामा मृत्यु भएको हो । 

भाइटिका मान्न माइतीघर डोटिको सायल  ५ गुरेना गएकि आमा आरती जोशीसँगै मामाघर गएका जोशीलाई गत मंगलबार घर नजिकै अरीङ्गालले टोकेको बताइएको छ । अरीङ्गालको टोकाइबाट घाइते भएका बालकलाई अस्पताल लगिएको तथा सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार बिहान मृत्यु भएको थलारा गाउँपालिका ८ का वडाध्यक्ष टिकाराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्जान व्यक्तिले अरिङ्गालको गोलामा ढुङ्गा हानेको हुनसक्ने बताइएको छ । मृतक बालक थलारा गाउँ पालिका स्थित कालिका प्राविमा कक्षा २ मा अध्ययनरत थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै