नेभिगेशन
सुदूरपश्चिम

संकटग्रस्त पालिका घोषणा गरेपनि पिडितहरुको खाद्य अधिकारका सवालमा सरकार मौन

बझाङ: फियान नेपालको आयोजनामा जिल्ला खाद्य अधिकार संजालको बैठक सदरमुकाम सम्पन्न भएको छ । संजालका अध्यक्ष जगदिश रोकायाको अध्यक्षतामा बसेको बैठकमा जिल्लामा भएका खाद्य अधिकारका सवालमा सरोकारवालाहरु संग छलफल गरेको छ । बैठकले जिल्लामा भएका खाद्य अधिकारका सवाल पहिचान गर्ने, महिलाका खाद्य अधिकारको सवालको अवस्था र वकालत पैरवी कार्ययोजना लगायतका विषयमा छलफल गरेको थियो । फियान नेपालले जिल्लामा खाद्य सुरक्षा र अधिकारका विषयमा वकालत तथा पैरवी गर्दै आएको छ ।

जिल्लाका ग्रामिण भेगमा बाँदर आतंक, सेती तथा कालंगा नदीको कटानका कारण खेती योग् जमिन नष्ट र रैथाने बाली संरक्षणको अभावमा खाद्य अधिकार हनन भएको ठहर गरेको छ । जिल्लाका केहि ठाँउमा अझैपनि लालपुर्जा विहिन परिवार रहेको र विपदका कारण धेरै जसो परिवार भुमीहिन भएको प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बताउनु भयो । परम्परागत मान्यता र कुपर्थाका कारण पोषणयुक्त खाना खान नपाउनु, मदिरा सेवनका कारण पुरुषहरुले पैसा सक्ने र दक्ष सिपको अभावले महिलाको खाद्य अधिकार हनन भएको दलित सहयोग समाजका टिम लिडर सुनील नेपालीले बताउनु भयो ।

गत बर्षको कात्र्तिक महिनामा आएको बाढीले जिल्लाका विभिन्न ठाँउमा ठुलो भौतिक क्षति गरेको र सरकारले संकटग्रस्त पालिका घोषणा गरेपनि पिडितहरुको खाद्य अधिकारका सवालमा सरकार मौन रहेको फियान नेपाल बझाङका जिल्ला संयोजक सीता सिंहले बताउनु भयो । संकटग्रस्त पालिका घोषणाभएको क्षेत्रमा सरकारले निशुल्क वा सहुलियत मुल्यमा खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने भएपनि सरकारले कुनै वास्ता नगरेको सिंहको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै