नेभिगेशन
सुदूरपश्चिम

पिसवीन र भीएसओको साझेदारीमा संचालित रुपान्तरण कक्षाको सरोकारवालाहरुद्धारा अवलोकन

सामाजिक रुपान्तरणका लागी रुपान्तरण कक्षाले राम्रो शन्देश दिदै

बझाङ पिसविन र भीएसओको साझेदारीमा संचालित रुपान्तरण कक्षाको बुधबार सरोकारवालाहरुले अवलोकन तथा अनुगमन गरेका छन । जयपृथ्वी नगरपालिका वडा नं ४ को बालविकास माधामिक विद्यालय गोलाईमा गठित सगरमाथा किशोरकिशोरी समुहमा संचालित रुपान्तरण कक्षाको जिल्ला समन्वय प्रमुख नर बहादुर बोहरा, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, उपप्रमुख रतन बहादुर सिंह, वडा नं ४ का वडाध्यक्ष ईश्वर खाती जयपृथ्वी नगरपालिका महिला तथा बालबालिका शाखाका शारदा जोशीले रुपान्तरण कक्षा बाट किशोरकिशोरीहरुमा भएको सिकाई र आएका परिवर्तनका बारेमा जानकारी लिनु भएको छ ।  

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) सहयोगमा पिसविन र भीएसओको साझेदारीमा संचालित रुपान्तरण कक्षाले किशोरकिशोरीहरुको व्यवहारपरिवर्तन, महिला हिंसा, बालविवाह र यौन हिंसा न्युनिकरणका सवालमा किशोरकिशोरीहरुलाई सजग गराईदै आएको छ । समतामुलक समाज निमार्णका लागी किशोरकिशोरीहरुलाई सक्रि बनाउन रुपान्तरण कक्षाले ठुलो सहयोग पुगाईरहेको सहजकर्ता चाँदनी उपाध्यायले बताउनु भयो । पिसविन र भीएसओको साझेदारीमा जिल्लाको मष्टा, तल्कोट, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिकामा किसोरकिसोरीहरुका लागी रुपान्तरण कक्षा संचालन भईरहेको छ ।

चार पालिकाका २४ वटा समुहका ६ सय बढी किसोरकिशोरीहरुले ५२ हप्ताको प्याकेज अन्र्तगत बालविवाह न्युनिकरण लगायतका सवालमा सजग गराउदै आएको पिसविनका बझाङ सयोजक भुवन सिंहले बताउनु भयो । कार्यक्रमका वक्ताहरुले रुपान्तरण कार्यक्रम समुन्नतत समाज निमार्णका लागी राम्रो र व्यवहारिक भएकाले पालिका संग समन्वय गरि अघि बढन सुझाव दिनु भयो । नगरप्रमुख चेतराज बजालले पछिल्लो समयमा लैङगिक विभेद, बालविवाह लगायतका सामाजिक कुरीताका घटना नयाँ तवरले हुने गरेकाले यसको रुपान्तरणका लागी रुपान्तरण कक्षाले राम्रो शन्देश दिएको बताउनु भयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै