नेभिगेशन
सुदूरपश्चिम

बझाङ्गको बुङ्गल नगरपालिकामा स्यालको टोकाइ बाट दुई महिला घाइते

बझाङ : जिल्लाको बुङ्गल नगरपालिकामा स्यालको टोकाई बाट दुई महिला घाइते भएका छन  । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ८ सल्याड बस्ने राम बोहराकी अन्दाजी ३१ वर्षिय श्रीमती  हर्का बोहरा र वडा नम्बर ८ कै अन्दाजी १९ वर्षिय धौली बोहरालाई स्यालले टोक्दा घाइते भएका हुन ।


घाइते दुईटै महिला आज दिउँसो करिब १ बजे तिर खर काट्न खर बारीमा   गएको बेला एक्कासि स्याल आएर आक्रमण गरेपछी  हर्का बोहराको दायाँ हातमा र धौलि बोहराको दाहिने आखामा चोट लागेको थियो ।
घाइते भएका दुबै जनालाई सामान्य उपचार पछि उनिहरुलाई  टोक्ने स्याल बोलाहा भएको हुन सक्ने र आफू सङ्ग बोलाहा स्यालको टोकाई विरुद्ध लगाउने सुइ उपलब्ध नभएको थप उपचारको लागि रिफर सुइ उपलब्ध भएको ठाउँ रिफर गरिएको बोहरा मेडिकल हल  सन्करखोलाका संचालक तथा निवर्तमान शिक्षक मान बहादुर बोहराले बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै