नेभिगेशन
जयपृथ्वी विशेष

चैनपुरमा रेकर्डिङ् स्टुडियो खोलेर बझाङी प्रतिभा बाहिर ल्याउन चाहन्थे वरिष्ठ देउडा गायक कडायत

बझाङ : ‘कर्णालीका भेल कालीको लड्कन्या माछो, मेरा खेल्न्या खेलको आयो विरानो मान्छे’ यो गीत सुन्नासाथ सुदूरपश्चिमेली देउडा प्रेमीहरूको मन बहकिन्छ। यो वरिष्ठ देउडा गायक हरिसचन्द्र कडायतले गाएका हुन्। यस्ता चर्चित गीतका सर्जक कडायतको बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा निधन भयो। 

‘बझाङी दाइ काल्या’ सुदूरपश्चिमका वरिष्ठ देउडा गायक हरिसचन्द्र कडायतको ख्याति कमाएको उपनाम हो। २०२६ सालमा जन्मिएका कडायत सानैदेखि गोठालो, विद्यालय, मेला पर्व हुँदै संगीतको दुनियाँमा प्रवेश गरेका थिए। उनले पहिलो गीत ‘खेल देउडा बाजुरी चाल’ २०४८ सालमा रेकर्ड गरेका थिए। बझाङको छबिसपाथीभेरा गाउँपालिका तथा साविकको कँडेल गाविसस्थित मुम्लामा जन्मिएका कडायत देउडाका ख्याति कमाएका सर्जक हुन्। उनका गीतमा सुदूरको ठेट मौलिकपन र भाषागत शुद्धता पाइन्छ। 

बझाङको प्रसिद्ध मेला बान्नीकी चैतलीबाट वाहवाही कमाउँदै २०४८ सालमा रेडियो नेपालको स्टुडियो छिरेका कडायतका कर्णालीका भेल, बझाङ््गी दाइ काल्या, लंकाभरि सुन छ, मेल्लेख बान्नी खान आदि चर्चित गीत छन्। आर्थिक अभावका कारण नियमित रुपमा उनले गीत बनाउन नसकेको उनका निकटका गायिक शोभा थापा बताउँछिन्। उनलाई गीत रेकर्ड गर्न र भिडियो बनाउन संधै आर्थिक अभावले सताउँथ्यो। आर्थिक अभाव झेल्दै थुप्रै गीत बजारमा ल्याएका उनी पैसाउने सपना देखेर इराक, अमेरिका, बेलायतलगायतका देशमा पुगेका थिए। 

लामो समय विदेशमा बिताएका कडायत दुई वर्ष अगाडि स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि उनले इराकी लाहुरे, मेल्लेख डाँडा, बान्नी खान, लंकारी सुन छ, यो बझाङगी काल्यालगायतका गीत गाएका थिए।  उमेर ढल्कँदै गर्दा उनले बझाङमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने अभियान चलाए। बझाङ सदरमुकाम चैनपुरमा म्युजिक .सेन्टर खोल्न लागिपरे। तर, उनलाई आर्थिक अभावले छाडेन। यसका लागि बझाङका स्थानीय तहसँग सहयोग पनि मागे। उनको कुरालाई कसैले पनि वास्ता गरेनन्। यहीबीचमा उनको आफ््नै स्वास्थ्य पनि बिग्रियो। साउन १ गते मस्तिष्कघात भएर नवजीवन अस्पताल धनगढीमा भर्ना भए। नवजीवनमा ठिक नभएपछि साउन ४ गते सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।  बुधबार बिहान उनी सदाका लागि बिदा भए। उनका तीन छोरा र एक छोरी छन्। 

उनका धेरै सपना अधुरै रह्यो। बझाङमा म्युजिक सेन्टर खोल्नेदेखि बझाङ््गी दाइ काल्या भाग–२ र विभिन्न ठाडी भाका बजारमा ल्याउने उनका सपना पूरा हुन सकेन। उनका थुप्रै गीत डायरीमा भएकाले अरु गायकगायिकामार्फत बजारमा ल्याउने उनका छोरा कपिल कडायतले बताए। उनको निधनले सुदूरपश्चिम शोकमा परेको छ। कलाकार नरेन्द्रराज रेग्मी, शोभा थापा, विजय थापा, विक्रम चौहान, राजेन्द्र शाह, भुवनप्रसाद दाहाल, रेखा जोशी, गौरी भट्ट, चक्र बम, लालबहादुर धामी, लक्ष्मण अधिकारी, विनोद बाजुरालीलगायतले सुदूरपश्चिमका एक धरोहर गुमाएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप जयपृथ्वी विशेष
विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

हालका वर्षहरूमा, ड्रोन उद्योगले ठूलो फड्को मारेको छ।
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
भर्खरै