नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता

बझाङ: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७५ को दफा २४ मा खर्च गर्ने कार्यविधि र मापदण्डअनुसार कुनैपनि सार्वजनिक निकायले खर्चको लेख्दा खर्चको सीमाभित्र रहेर मात्र लेख्नुपर्ने व्यवस्था छ। 
स्वीकृत दरबन्दीको सीमाभित्र प्राविधिक कर्मचारीहरु मात्र करारमा राख्न पाउने व्यवस्था छ। कृष्णपुर नगरपालिकाले भने विभिन्न प्राविधिक तथा कार्यालय सहयोगी समेत गरी ३३ करारका कर्मचारीलाई राखेर ३ लाख १२ हजार ऐनविपरीत मंहगी भत्ता भन्दै भुक्तानी गरेको देखिएको हो। स्वीकृत दरबन्दीभित्रको करार कर्मचारी भए/नभएको एकिन गर्न समेत नसकिने अवस्थामा ऐनविरीत मंहगी भत्ताको नाममा सो रकम भुक्तानी गरिएको छ। 
त्यस्तै अर्थमन्त्रालयको कार्य सञ्चालन निर्देशिकाको परिच्छेद ७ को ७.४.१ अनुसार अतिरिक्त समय र विदाको दिन काम गर्दा अर्थमन्त्रालयबाट स्वीकृत गराई खाजा र खानाबाफत भुक्तानी दिनुपर्ने तथा प्रोत्साहन भत्ता खुवाउन समेत स्वीकृत लिनुपर्ने र इ–हाजिरी अनिवार्य हुनुपर्ने व्यवस्था छ। 
तर नगरपालिकाले स्वीकृत नलिई तथा इ–हाजिरी अभिलेख समेत नराखेर २६ लाख ४७ हजार ८५० रुपैयाँ खर्च गरेको पाइएको छ। जुन प्रचलित ऐन र उल्लेखित निर्देशिका विपरीत गएर भुक्तानी गरिएको खर्च रकम हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै